सिन्धुपाल्चोकका युबा नेता द्वारा ७०० परिवारलाइ राहत

सिन्धुपाल्चोक तरुण सभापति दोर्जे लामा र युवा ब्यापारी तथा महाधिबेशन प्रतिनिधि संजय लामा द्वारा आफ्नै लागतमा सिन्धुपाल्चोकका काठमाण्डौमा डेरा गरि बस्ने परिवार, दैनिक ज्याला मजदुरी गर्ने, विभिन्न अपांगता भएका, पिपन्न वर्ग लगाएतका ७०० परिवारलाइ पायक पर्ने स्थान नामग्याल, गोकर्ण, स्वयम्भु, जोरपाटी लगायतका ठाउँ सम्म लगि करीब एक महिना सम्म लाइ पुग्ने राहत सामाग्री वितरण गरेको अध्यक्ष लामा ले सूचना खबर लाइ बताउनुभयो ।

       संसार कोराना ले आक्रान्त भइ मर्माहक परिस्थिति सृजना गर्दै गर्दा नेपाल सरकारले पनि उक्त कोरोनाको महामारी फैलन नदिन गरेको लक् डाउन तत्कालका लागि रोकथाम गर्ने बलियो उपाए भएता पनि यो कुनै एउटा समय सिमा सम्म मात्र रहनु पर्ने हो। सरकारी तवर बाट दैनिक ज्याला मजदुरी गरि खाने समुदाय, बिपन्न वर्ग लगाएतका जनता सामु राम्रो राहत तथा उचित बासस्थान को ब्यबस्था गर्न नसक्दा मान्छे लामो दुरी सम्म हिडेरै यात्रा गर्न बाध्य भए। कति हिडेर पुगे कतिको बाटैमा अस्तव्यस्तता पनि देखिय। रोग को भय भन्दा पनि भोकको भय ठुलो हुने अवस्था आउन सक्ने अनुमान भएको सभापति लामा ले बताउनुभयो । बिशेस गरि आफ्नो जिल्ला बासि,बिपन्न वर्ग, अपाङ्गता भएका परिवारलाइ लक्षित गरि एक महिना लाइ पुग्ने खाद्यान्न उपलब्ध गराएको र तत्काल समस्याको समाधान गर्न पाउदा संजय लामा ले खुशी ब्यक्त गदै आवस्यकता अनुसार पुन राहत को ब्यबस्था मिलाउने बताउनुभयो।            निम्न बर्गामा सरकारले गरेको राहत वितरण नपुग्दा विभिन्न ठाउमा स्वयंसेवक हरुले बिपन्न बर्गलाई भोजन गराउने लक्ष्यले शिबिर संचालन गरि बिहान बेलुकाको खाना खुवाएका थिए। विभिन्न भोजन शिभिरलाइ पनि आर्थिक तथा खाद्यान्न सहयोग भएको संजय लामा ले बताउनु भायो । उक्त सहयोगको खुलेरै प्रसंसा गर्दै यो सहयोगको ठुलो भूमिका रहने एक शिभिर संचालक शम्भु अधिकारीले सुचना खबर लाइ बताउनुभयो।         राहात्, समस्यामा परेकाले पाएकोमा एक अपांगता भएका ह्विल चियर प्रयोग गर्ने साजन नाम गरेकाले खुशी हुदै यस्तो परिस्थितिमा सहयोग पुर्याउने ब्यक्तित्वो प्रति धन्यबाद ब्यक्त गर्दै अरु समस्या परेमा पनि आशा रहेको सुनाए। सिन्दुपाल्चोक घर भइ हाल नारायाण टार आसापास बस्तै आएका एक व्यक्ति उनि दैनिक रुपमा गाडी चलाएर खाने गरेको र हाल काम नहुदा खानाको समस्याको ठुलो चिन्ता भएको बेला आफ्नै सिन्धुपाल्चोक कै नेता हरुले खाध्याना दिदा अब चाहि भोकले नमर्ने भैयो भन्दै बिस्वासका साथ धन्यबाद दिए।         यतिधेरै मात्रामा राहत को व्यवस्था कसरि गर्नु भयो भनेर सोधिएको प्रश्नमा सम्पुर्ण राहतको खर्च म र संजय लामाले आफ्नो व्यक्तिगत खर्च बाट गरेको बताउदै कोहि कसैलाई समस्या परेमा हाम्रो राहत सहयोग पुन प्युराउने बचन बद्धता का साथ सम्पूर्णलाइ कोरोनाको संक्रमण बाट बच्न आफै सजग हुन पर्ने भएकाले संयमता अपनाई घरमा बसिदिन आग्रह गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *