सिन्धुपाल्चोकको चिया बगानमा भोक भोकै सुटिङ्ग गरेको याद आईरहन्छ : गोकुल रोक्का

विक्रम संवत २०३६ सालमा हेटौडामा जन्मिएका गोकुल रोक्का आफैमा एक बहु प्रतिभाशाली मान्छे हुन् । हेटौडामा जन्मिएर जीवनको पाँचौ बशन्त त्यहाँ बिताई काठमाडौको सुन्दरी जल आएका गोकुल त्यहीँको ओख्रेनी मा.वि.मा भर्ना भएर एसएलसी सम्म त्यहि अध्यायन गरे । जीवनको विभिन्न आरोह अवरोह पार गर्दै, एसएलसी गरेपछाडि उच्च शिक्षाको लागि चाबहिलको पशुपति क्याम्पसमा भर्ना भए । पशुपति क्याम्पसबाटै पोल्टिकल साईन्समा इन्टर पुरा गरेका छन् गोकुल रोक्काले ।

१ दर्जन भन्दा धेरै म्युजिक भिडियो र दुईवटा ठुलो पर्दाको चलचित्र समेतमा अभिनय गरिसकेका रोक्काको “बाग्लुङ्ग कालिका मन्दिर” “हरेक दिन पश्चिम पट्टि” “किन जीवनमा आयौं” “मनै तिम्रो बद्ले पछि” जस्ता गीतहरुको म्युजिक भिडियो चर्चित छन् । “संकट” र “नो स्मोकिंग” ठुलो पर्दाको चलचित्रमा अभिनय गरेपनि,विविध कारणले आजसम्म प्रदर्शनमा आउन सकेको छैन ।

पेशाले रोक्का एक व्यापारी पनि हुन् । प्लाई उड, रेडिमेड ढोका,एग्रोभेट पसल र नर्सरी फार्म पनि गोकुलले संचालन गरिरहेका छन् । विक्रम संवत २०७० सालको चुनावमा काठमाडौ क्षेत्र नं ४ बाट नेपाल परिवार दलबाट चुनाव समेत लडेका थिए उनले । जहाँ नेपाली कांग्रेसको तर्फबाट युवा नेता गगन थापाले जितेका थिए ।
उनै प्रतिभाशाली गोकुल रोक्का संग प्रत्यक्ष भेटमा गरिएको भिडियो रेकर्ड यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *