सिन्धुलीमा टाटा सुमो दुर्घटना

काठमाडौं २६ जेठ- सिन्धुलीको गोलनजोर गाँउपालिका ७ स्थित भालुखोलामा टाटा सुमो दूर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको छ । चालकको नाम खुल्न सकेको छैन भने ७ यात्रु मध्ये एकजना गम्भिर र अन्य सामान्य घाइते भएका छन् ।

काठमाडौंबाट दोलखा जाँदै गरेको अरनिको सेवा समितिको ना १ ज ४९३५ नम्बरको टाटासुमो दुर्घटनामा परेको हो । मध्यान्न सवा १२ बजे भालुखोलाको पुलबाट टाटासुमो खसेको थियो । तीब्र गतिका कारण पुलबाट टाटासुमो खसेको हुन सक्ने प्रहरीले जनाएको छ । घाईतेको उद्दार गरी अस्पताल पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *