सिसौको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरे झापामा एकजोडिले

माघ ७ झापा,कन्काई नगरपालिका ७ विरिङ खोला नजिकै दुर्गापुर निवासी २० वर्षीया अस्मिता तोलामी र उनकै छिमेकी २२ वर्षीय ईश्वर भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा प्रेम सम्बन्धका कारण यस्तो निर्णय गरेको हुनुपर्ने बताईएको छ । माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको थियो । उनी स्थानीय भृकुटी उच्च मावीमा अध्ययनरत थिइन् ।

समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *