सी जिनपिङ महासचिवमा पुनः निर्वाचित

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टी (सीपीसी)को महासचिवमा पुनः निर्वाचित भएका छन् । उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरे संगै, शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन् । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।

सामान्यतया स्थायी समितिमा एक उदयमान नेतालाई ल्याइन्थ्यो । तर, राष्ट्रपति सीले पार्टीको यो परम्परा तोडेका छन् । चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *