सुगम स्टार सचिन राई स्टेज कार्यक्रममा व्यस्त

sachin craiकाठमाडौ – केहि समय अगाडि “तिमीलाई देखेपछि” बोलको गीत सार्वजानिक गरेका सुगम स्टार सचिन राई पछिल्लो समयमा स्टेज कार्यक्रममा व्यस्त छन् । नेपालको विभिन्न जिल्लामा भएको स्टेज कार्यक्रमका लागि गायक राई व्यस्त भएका हुन् ।

‘सुगम स्टार’ भएपछि गायन क्षेत्रमा औपचारिक रुपमा लागेका सचिन पछिल्लो समयमा युवा पुस्तामाझ चर्चित बनेका छन् । देश विदेशको विभिन्न स्टेज कार्यक्रमको अनुभव बटुलिसकेका राई समय र परिस्थिति अनुसार चल्न सक्ने गायको रुपमा चिनिएका छन् ।

भर्खरै माघि मेलाको अवसरमा भोजपुरमा स्टेज कार्यक्रम सकेर राई काठमाडौं आइपुगेका छन् । राईले भोजपुरमा दर्शकलाई छमछमी नचाएका थिए । गायक राई नेपाली संगीतमा लोक आधुनिक, लोकगीत, आधुनिक गीत, पप, गजल गीत समेत गाउन सक्ने खुबी भएका गायक हुन् ।

काठमाडौंको विभिन्न गजलगृह र रेष्टुरेन्टहरुमा गीत गाउदै आएका सचिन राई पछिल्लो समयमा विभिन्न संघ संस्थाले गरेका साँस्कृतिक कार्यक्रममा उनको माग दिनप्रतिदिन बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *