सुटिङस्थलमै रोए कलाकार पनि

काठमाडौँ, २७ पुस – कवि तथा गीतकार विन्दु अधिकारी ढकालद्वारा रचित तथा सङ्गीतकार आनन्द राईद्वारा सङ्गीतद्ध र गायिका मिलन अमात्यको स्वरमा सुसज्जित ‘बुबा जनम यो यस्तै भयो’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ ।

मेघराज बस्नेतको निर्देशनमा भक्तपुरको पिखेल, मध्यपुर ठिमी, मनोहरा लगायतका विभिन्न स्थलमा छायाङ् गरिएको उक्त म्युजिक भिडियोमा प्रसिद्ध अभिनेता सूरवीर पन्डित र नायिका मेलिना ठकुरीले जीवन्त अभिनय गरेका छन् ।

एग्रील्यान्ड नेपाल प्रा.लि., अनामनगरमा दृश्यसम्पादक सृष्टि गुरुङद्वारा सम्पादन भइरहेको म्युजिक भिडियोको छायाङ्कन अशोककुमार बस्नेतले गरेका हुन् ।

गत वर्ष मात्रै ‘विन्दुहरू’ नामक कविता सङ्ग्रह निकालेकी गीतकार ढकालले उक्त गीत आफ्ना दिवंगत पिता बालकृष्ण अधिकारी ‘धनकुटे’को स्मृतिमा रचना गरेकी हुन् ।

गीत रेकर्डिङका क्रममा गायिका अमात्यले ‘आमाबारे धेरै गीत लेखिए पनि बुबाबारे संभवतः पहिलो गीत भएको’ भन्दै आफू अत्यन्त भावुक भएको बताएकी थिइन् । संयोग त्यस्तै भयो कि भिडियो सुटिङका क्रममा चिताको दृश्यको छायाङ्कन भइरहँदा दर्शकहरू भावुक भएर रोएका थिए भने छायाङ्कनपछि कलाकारहरूसमेत भक्कानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *