सुत्केरी करिना कपुर, घुम्नलाई बजारमा

karina kapurपौष २५ मुम्बई, पछिल्लो पटक करिना कपुर सुत्केरी भएको १७ दिनमै घुम्न हिडेको समाचार प्रकाशमा आएको छ । सामान्यतया, एउटी महिला सुत्केरी भएपछि शाररिक रुपमा कम्जोर भएको मानिन्छ ।

यसरी सुत्केरी भएको महिला कति दिनसम्म घर भित्रै बस्छिन् होला ? कम्तिमा एक महिनासम्म जुनसुकै समुदायका महिलाले पनि घरमै बस्ने चलन हुन्छ । तर, बलिउड नायिका करिना कपुर सुत्केरी भएको १७ दिनमै ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी छिन् ।

घुम्नका लागि उनलाई साथ दिएका छन् उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र अमृता अरोराले । करिनाले रेड गाउनमा छिन् भने उनकी दिदी करिश्मा पिंक टिसर्टमा छिन् । घुम्ने क्रममा बान्द्रामा उनीहरुको भेट ज्याकलिन फर्नाडिससँग पनि भएको थियो ।karina gang

Leave a Reply

Your email address will not be published. Required fields are marked *