सुधा थापाले यसरी नचाईन् शंकर बिसी र शुष्मा कार्कीलाई (भिडियो सहित)

काठमाडौ ९ असार- वेलायतमा रहेर पनि नेपाली गीत-संगीतलाई माया गर्ने गायिका सुधा थापाको “तिम्रो मनको डुङ्गा सलल” नयाँ गीत सार्वजनिक भएको केहि दिनमै युट्युबमा लाखौले हेरी सकेका छन् ।

वेलायत बाट केही समयको लागी स्वदेश फर्किएकी गायिका सुधा थापाले गायक रामजी खांड संग उक्त गीत रेकर्ड गराएकी हुन् । एक नारायण भण्डारीको शब्द रचनालाई भण्डारी आफैले संगीत पनि गरेका छन् ।

“तिम्रो मनको डुङ्गा सललल” बोल रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा शंकर बिसी र नायिका शुष्मा कार्कीले अभिनय गरेका छन् । राजेश घिमिरेको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् ।

“तिम्रो मनको डुङ्गा सललल” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *