सुमित्रा अश्रुधाराको शब्द रचनामा पासाङ्गको ” तिम्रो त्यो मुस्कान” सार्वजनिक

काठमाडौ- साहित्य क्षेत्रमा शसक्त कलम चलाउने साहित्यकार तथा गीतकार सुमित्रा अश्रुधाराको शब्द रचनामा “तिम्रो त्यो मुस्कान“बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत र एरेन्जमा पासाङ्ग शेर्पाको स्वर रहेको छ ।
गीतकार तथा कवियत्री सुमित्रा अश्रुधाराको यो भन्दा अगाडि “चोटै चोट” “बतासको” “मत फसे तारी भिरमा” जस्ता गीतहरु बजारमा आईसकेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा बर्षा र निपुनले अभिनय गरेका छन् । बुद्ध थापा र उनको टिमले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन र संजय बरालले निर्देशन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा कोरियो ग्राफ भने राजिब समराले गरेका हुन् ।
“तिम्रो त्यो मुस्कान” को म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *