सुमी चाम्लिङको “लसमा लस”एकमहिनामा तीन लाख (अन्तर्वार्ता सुमी चाम्लिङ- भिडियो सहित)

sumiफुलबारीमा ढकमक्क फुलेको फुल झैँ, खेतका गह्रा गह्रामा झुलेका धानको बाला झैँ, नेपाली सांगीतिक धर्तीमा जगमगाउदै गरेकी गायिका सुमी चाम्लिङ्ग राई संगीत प्रेमीहरूको लागि कुनै नौलो नाम हैन । दिक्तेल बजार कान्छा दिक्तेल बजार,अर्काकी छोरीलाई नलाउ नजर बोलको गीत बाट चर्चाको शिखरमा पुगेकी गायिका सुमी चाम्लिङ्ग,पछिल्लो पटक टिपिकल पुर्बेली लोक भाकाको गीत लसमा लस नि लै लै,मसला पिस्ने लोहोरो सिलौटो बोलको म्युजिक भिडियो सहित,गीत लिएर बजारमा आएकी थिइन् । यो गीत युट्युबमा यति चर्चा भयोकी एक महिना भित्रमा ३ लाखले यो गीतको म्युजिक भिडियोलाई हेरिसकेका छन् । मोडेल द्वय पार्वती राई र ह्यारी योञ्जनले अभिनय गरेको उक्त भिडियोमा डिपि खनालको शब्द रचना,राजनराज सिवाकोटीको संगीत र युगल पोमोको भिडियो निर्देशन रहेको छ । यो गीत कसरी यस्तो हिट भयो त ? भनेर सूचना खबर डट कमको लागि ईन्द्र जिजीविषाले गायिका सुमी चाम्लिङ्ग संग जिज्ञासा राखेको थियो।

तपाइँको लसमा लस नि लै लै भन्ने गीतले त तहल्कै मच्यायो नि ? यो गीतमा खास कुन पक्ष राम्रो थियो ?
शब्द संगीत र स्वर यी तिनै पक्ष राम्रो नभई गीत राम्रो हुदैन,विशेष गरि शब्द र संगीत अब्बल छ यो गीतमा मैले पनि गायकीमा प्रयास गरेकी छु पक्कै पनि मेरो केही कमि कमजोरी छ आगामी दिनमा सुधार्ने प्रयास गर्ने छु। र यस्को भिडियो पनि राम्रो भएको छ ।

दिक्तेल बजार कान्छा दिक्तेल बजार, अनि लसमा लस नि लै लै भन्ने गीत क्रमश सुपर हिट गीतहरु हुन्, तपाइँले गाएको गीतहरु एकपछि अर्को गर्दै हिट हुदै गयो तर तपाइँ अलिक ढिलो गरेर मात्र बजारमा देखिनुको कारण के हो ?
त्यस्तो होइन, मैले गीतहरु त निकाली रहेकी छु दिक्तेल बजार पछि ‘जब सम्म एल्बम निकाले यो एल्बम को टाइटल गीतले १४ औं इमेज अवार्ड बाट सर्वौत्कृष्ट पप महिला स्वरमा अवार्ड लिनु सफल भए,त्यसपछि साकेला गीत निकाले त्यस्तै गरेर काली प्रसाद बास्कोटा दाजुको शब्द संगीतमा पप गीत बोले पनि नबोले पनि बजारमा ल्याए यो पनि राम्रो चल्यो यस्को भिडियोमा आफै अभिनय आफै गरेकी छु, त्यसपछि यो लसमा लस गीत बजारमा छ, एउटा राम्रो गीत तयार पार्न को लागि कम्तिमा २ देखि ३ महिना लाग्छ किनकी पहिले त शब्द छान्नु पर्यो किन भने म गीतको शब्दमा अति ख्याल राख्छु शब्द भनेको गीतको जरा हो, यदी जरानै राम्रो छैनभने फलको के आशा राख्नु ? गायकी र संगीत भनेको त फुल र फल जस्तो त होनि। यी कारणले पनि मेरो गीतहरु बजारमा आउन ढिला हुन्छ, झन आज भोलि भिडियो पनि तयार गर्नु पर्यो यस्ले गर्दा पनि समय लिन्छ। म हराएकी हैन यी बिविध कारणले गर्दा ढिला भएको मात्र हो ।

यो लसमा लस नि लै लै भन्ने गीत रेकर्ड गर्दा यतिको हिट हुन्छ भन्ने सोच्नु भएको थियो ?
म काम गर्नु अगाडि नै श्रोता दर्शकलाई केही नयाँपन दिने बिचार गर्छु त्यहि अनुसार शब्द संगीत छनोट गर्छु यो गीत पनि धेरै समय लिएर शब्द संगीत छानेकी हुँ, मलाई बिश्वास थियो श्रोता दर्शकले मनपराइ दिनुहुन्छ भन्ने, तर छोटो समय भित्र यो गीत यती हिटहुन्छ भनेर सोचेकी थिइँन । पक्कै पनि राम्रो काम गरे, श्रोता दर्शकले राम्रो मूल्याकंन गर्नु हुने रहेछ भन्ने थाहा भयो।

अब अर्को कुन गीत गर्दै हुनुहुन्छ ?
यहि भनेर शिर्षक दिन चाहान्न अहिले म, ३ वटा गीतको शब्द मेरोमा आएको छ । यि गीतहरुलाई अध्यान गर्दै छु । ३ वटामा मलाई कुन उत्कृष्ट लाग्छ त्यो गीत गर्ने छु, ३/४ जना अग्रज संगीतकार ज्युहरु संग कुरा चलिरहेको छ हेरौ मलाई कुन उत्कृष्ट लाग्छ त्यहिँ गीत गाउने छु । प्रथम त मलाई मनपर्नु पर्यो मलाई नै मन परेन भने मेरा आदरणीय शिरोधर दर्शक श्रोतालाई के मन पर्छ र ?

तपाइँको कुनै नयाँ योजना छ की ?
जब मैले यो गीत-संगीत क्षेत्रमा आफ्नो पाइला राखे त्यो दिनदेखि नेपाली गीत-संगीतलाई विश्व सामु चिनाउने प्रयास गर्ने छु नेपाली गीत-संगीतको पर्खालमा केही इटा थप्ने प्रयत्न गर्ने छु भन्ने अठोट लिएकी थिए, छु, र गरिरहने छु यो नै मेरो अन्तिम सास सम्म को योजना,कार्य् र् लक्ष्य हो ।

भिडियो यहाँ हेर्नुहोला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *