सुमी चाम्लिङ्गको चस्मावाला भिडियो सहित

काठमाडौ १४ जेठ- चर्चित गायिका सुमी चाम्लिङ्गको “ए मेरो चस्मावाला”गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पुतली सडकस्थित स्टार मलको हलमा एक कार्यक्रमको आयोजना गरेर आइटम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

“दिक्तेल बजार कान्छा दिक्तेल बजार” “लसमा लस नि लै लै मसला पिस्ने” जस्ता दर्जनौ गीतहरु गाएर चर्चामा आएकी गायिका सुमी चाम्लिङ्गले यो डान्सिङ्ग धमाकेदार गीत बजारमा ल्याएकी हुन् ।

यो गीतलाई डिपी खनालले शब्द रचना गरेका हुन् भने शंकर थापा”स्माईल” ले  संगीत गरेका छन् । उदयराज पौडेलले एरेन्ज गरेको उक्त गीतलाई चाम्लिङ्ग इन्टरटेण्टमेण्टले बजारमा ल्याएको हो ।

यो गीतको म्युजिक भिडियोमा सुनिल र सन्ध्या लगायत नेपाली ठिटो डान्सिङ्ग ग्रुपले अभिनय गरेका छन् भने नेपालको अत्यान्तै रमणिय स्थानहरुमा विकास सुवेदीले निर्देशन तथा छायांकन गरेका छन् । यो म्युजिक भिडियोलाई  सुप्रीम पराजुलीले सम्पादन गरेका छन्  ।

कार्यक्रममा, यो गीतको कभर भिडियो बनाएर जित्नेलाई ५० हजार नगद र विकासा ईण्टरटेन्मेण्टको तर्फबाट अर्को एउटा गीतमा मौका दिने घोषणा चाम्लिङ्ग इन्टरटेण्टमेण्टको अध्यक्ष विजय राईले उद्घोष गरे ।

चस्मावालाको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला 

कार्यक्रममा बोल्दै गायिका सुमी चाम्लिङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *