सुर्खेतका एक युवा मलेशियामा सम्पर्क बिहिन

dilli-raj-buda1-1इन्द्र कुमार राई (जिजीबिषा) / २०७३ भदौ १७- सुर्खेत काफलकोट गाविस वडा नं ३ घर भएका २२ वर्षीय डिल्लीराज बुढा सम्पर्कबिहीन भएपछि उनका परिवार चिन्तामा परेको छ । बुढा बन्दरबारु निलाइमा रहेको एक इलेक्ट्रोनिकको सामान उत्पादन हुने कम्पनीमा कार्यरत थिए ।

मंगलवार साझँ आठ वजेसम्म काम गरेर होस्टलमा आएका वुढा होस्टल नजिकैको पसलमा गुटका किन्ने भन्दै गएपछि वेपत्ता भएको उनका भतिज मानवहादुर वुढाले बताए । ‘मैले पसलमा गएर अंकलका वारेमा सोधे, पसलले गुटका किनेर गएको भने तर अंकल होस्टलमा आईपुग्नुभएन, चारैतिर खोजी गर्यौ तर भेटिएन’ मानवहादुरले भने । होस्टल र पसलको दुरी दुई मिनेटमात्र टाढा रहेको छ ।

डिल्लीराज वेपत्ताभएको एक घण्टापछाडिसम्म फोनमा रिङ जाने भएपनि उनले उठाएका थिएनन् । अहिले फोन स्विच अफ भएको छ “कम्पनीमा कार्यरत साथीहरुले भने” । डिल्लीराज रोजगारीको लागि अठार महिना अगाडि मलेसिया आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *