सुर्तिजन्यपदार्थ नै नसर्ने रोगहरुको प्रमुखकारण : डा. पौडेल

काठमाडौँ १० जेष्ठ- क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा साउथ वेस्टन स्कूल, बसुन्धारा काठमाण्डौ सुर्तिजन्य पदार्थको रोकथामको लागि अन्तरक्रियात्मक तथा जनचेतनात्मक कार्यक्रम संचालन सम्पन्न  भएको छ ।

विद्यालय उमेरका बालबालिकाका लागि सुर्तिजन्य पदार्थवाट जोगाउने उद्देश्यले संचालित उक्त कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नेपालमा सुर्तिजन्य पदार्थको सेवन एक विकराल समस्याको रुपमा रहेको कुरा बताए । जसका कारण मुटु, क्यान्सर, दम, लगायत विभिन्न किसिमका रोगहरुबाट मानिसहरु ग्रसित भएको साथै उक्त रोगहरु उपचारको लागि लाखौ रुपैया खर्च हुने कुरा पनि नबताए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डा. पौडेलले नेपालमा ८०% नसर्ने रोगहरुको प्रमुख कारण नै सुर्तिजन्य पदार्थ भएको कुरा व्यक्त गरे । सुर्तिजन्य पदार्थलाई रोकथाम गर्नु सके, नेपालमा हुने स्वास्थ्य खर्चमा कमी हुने र स्वास्थ्य समाज निमार्णको लागि योगदान पुग्ने बताए ।

नसर्ने रोगहरु रोकथामको लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने कुरा कार्यक्रममा उहाले बताए  । साउथ वेस्टन विद्यालयका प्रिन्सिपल मनोज आचार्यको क्यान्सर काउन्सिल नेपाललाई यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सुर्तिजन्य पदार्थको नकारात्मक असरको बारेमा जानकारी दिएकोमा प्रशंसा गरे । विद्यालयले पनि अगामी दिनमा सुर्तिजन्य पदार्थको रोकथामको लागि अभियानको रुपमा कार्यक्रम संचालन गर्ने प्रतिवद्धता आचार्यले जनाए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले  नेपालमा प्रत्येक दिन ४५ जना मानिसले सुर्तिजन्य पदार्थको कारण अकालमै ज्यान गुमाईरहेको जानकारी दिए । सुर्तिजन्य पदार्थविरुद्धको ऐन–२०६८ लागू गर्नको लागि सरोकारवालाहरुले जोड दिनुपर्ने कुरा बताए ।

स्वास्थ्य मन्त्रालयको सन् २०३० सम्ममा नेपालमा पूर्ण रुपमा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने योजनालाई सार्थक बनाउनको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने कुरा कडरियाले बताए ।

पर्याप्त जनचेतनाको अभाव र साथिहरुको प्रभावले गर्दा किशोरकिशोरीहरु सुर्तीजन्य पदार्थबाट नराम्रोसँग प्रभावित भएको उनको भनाई थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यस्ता जनचेतनामुलक कार्यक्रम अति नै उपयोगी रहेको र उनीहरुले सिकेको कुरा समाजका अन्यव्यक्तिहरुसँग आदानप्रदान गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु र अन्यव्यक्तिहरु गरि ३०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *