सुर्तीजन्य पदार्थ विरुद्धको ऐन कार्यान्वयन नहुनु चिन्ताको विषय : अध्यक्ष कडरिया

काठमाडौँ १७ जेष्ठ- क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्यपदार्थविरुद्धको ऐन–२०६८ कार्यान्वयन नहुनु दुःखद् भएको बताएका छन् ।

बुधबार क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा विश्वधुम्रपान रहित दिन (World No Tobacco Day)को अवसरमा काठमाडौँको रेडन कलेज सामाखुसीमा आयोजित एक दिने अन्तरक्रियात्मक तथा जनचेतना मूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले यस्तो बताएका हुन् । कडरियाले विद्यालय उमेरका बालबालिकाहरु साथीहरुको प्रभावले शुरुमा सुर्तीजन्य पदार्थको सेवन गरेता पनि कालान्तरमा लागू पदार्थको सेवन गर्ने गरेको पाईन्छ जसले गर्दा समाजमा अपराधजन्य घटना बढने कुरा बताए।

उहाँले नेपालमा सुर्तीजन्यपदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रम र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन २०६८ लागू गर्न जोड दिनु पर्ने वताए ।

सुर्तीजन्य पदार्थ विरुद्धको ऐन प्रभावकारी रुपमा कार्यन्वयन गर्न सकेमा सुर्तीजन्यपदाार्थका कारण हुने रोगहरुमा कमीआउने कुरा उनले व्यक्त गरे ।

कडरियाकाअनुसार नेपालमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी मानिसहरुले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाई रहेको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थी, शिक्षक, सर्वसाधारण र सरोकारवालाहरु लगायत १५० जनाव्यक्तिहरु सहभागीथिए ।

कार्यक्रममा सरोकारावालाहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि नागरिक समाज, विभिन्न संघ संस्था र नेपाल सरकारका विभिन्न निकायवीच सहकार्य गर्नु पर्ने कुरा बताएका थिए ।

रेडन कलेजका प्रिन्सिपल प्रा.डा. देवीदत्तपौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक जटिल समस्याको रुपमा देखा परेको कुरा व्यक्तगरे । उनले क्यान्सर काउन्सिल नेपालले विद्यार्थीहरुलाई सुर्ती जन्य पदार्थबाट जोगाउनको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेकोमा धन्यावाद व्यक्त गरेका थिए।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्तपौडेलले सुर्तीजन्य पदार्थको कारण दिनप्रतिदिन नेपालमा क्यान्सर, मुटु, दम, क्षयरोग, स्वाश्प्रश्वास लगायत विभिन्न रोगहरुबाट मानिसहरुले अकालमै ज्यानगुमाइरहेको कुरा ब्यक्तगरे ।

त्यस्ता रोगहरुको उपचारको लागि वर्षेनी लाखौ रुपैया खर्च हुने कुरा समेत डाक्टर पौडेलले बताए । उनकाअनुसार गर्भवती महिलाले चुरोट सेवन गरेमा कमतौलको बच्चा जन्मने र बच्चामा विभिन्न किसिमका शारीरिक समस्याहरु देखा परेका छन ।

डा. पौडेलले सुर्तीजन्यपदार्थ रोकथाम गर्न सकेमा लाखौ रुपैयाको बचतहुने र स्वस्थ समाज निर्माण गर्न योगदान पुग्ने समेत विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *