सूचना लिन आम नागरिक जागरुक हुनुपर्ने : प्रमुख आयुक्त बास्कोटा

काठमाडौं १४ जेठ- राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लिन आम नागरिक जागरुक हुनुपर्ने बताएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लव काठमाडौंमा आर.टि.आई एड इन्टरनेशनले आयोजना गरेको सूचनाका हक सम्बन्धि देशव्यापी अभियानका अभियन्ताहरुको नामावली घोषणा कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक मौलिक हक भएकाले यसबारे जनता जागरुक हुनुपर्ने बताएका हुन् ।

सूचनाको हकबारे जानकार नहुँदा कयौं व्यक्तिहरु आफ्नो अधिकारबारे पनि बेखबर हुँदा विभिन्न समस्याहरुले झेल्ने गरेको उनको भनाई थियो । उनले भने–“हामीसंग अधिकार धेरै छ, तर सूचनाको अभियानले उपयोग गर्न सकिरहेका छैनौं ।”

प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाले मानिसलाई दिशानिर्देश गर्नुको साथै आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले सूचनाको हकले लोकतन्त्रलाई सुदृढ बनाउनुको साथै देशलाई भ्रष्टचारमुक्त बनाउन समेत सहयोग पुग्ने बताए ।
बाँस्कोटाले देशका हरेक जिल्लाका युवाहरु सचेत हुँदै यो अभियानमा सामेल हुनुपर्ने भन्दै तालिम प्रदानका लागि राष्ट्रिय सूचना आयोग सदैव तयार रहेको प्रतिवद्धता जनाए । उनले सूचना शक्तिशाली भएकोले निडर भएर यसको अधिकार प्रयोग गर्न आममानिसमा आग्रह गरे ।

सिंहदरबारको सूचना जनताले पाउनुपर्छ : धमला
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवम् रिपोर्टर्स क्लव नेपालका सभापति ऋषि धमलाले सूचनाको पहुँचलाई गाउँ–गाउँमा पु¥याउन युवाहरु लाग्नुपर्ने बताए । धमलाले सूचना सबैभन्दा महत्वपूर्ण रहेकाले यसको सही उपयोग गर्न आवश्यक रहेको बताए । उनले राज्यले चाहेजति सूचना जनतालाई नदिएको भन्दै सूचनाको हकलाई प्रत्याभुति गराउने अभियानमा युवाहरु लाग्नुपर्ने बेला आएको बताए । अध्यक्ष धमलाले भने–“सिंहदरबारको सूचना जनताले पाउनुपर्छ, सूचनाको हक प्रत्याभुति दिलाउने काममा मेरो सदैव सहयोग रहन्छ ।”

कार्यक्रममा एकीकृित राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)का केन्द्रीय सदस्य रामु राई, आर टि आई एड इन्टरनेशनका संस्थापक कर्म नेपाली, उपाध्यक्ष शुशील पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आर टि आई एड इन्टरनेशनका पदाधिकारी अध्यक्ष जीवन थापा, उपाध्यक्ष शुशील पोखरेल, महासचिव अशोक सिवाकोटी, सचिव आईजी आचार्य, कोषाध्यक्ष दीपक थापा, सचिव योगेन्द्र चौलागाईसहित ६० जिल्लाका सूचनाका हक सम्बन्धि अभियान्ताहरुलाई प्रमाण पत्र प्रदान गर्दै जिम्मेवारी बहन गराइएको थियो ।

आर टि आई एड इन्टरनेशन २०७१ सालमा स्थापना भई “सूचनाको हक नागरिकको अधिकार, एकीकृत विकासको दर्बिलो आधार” भन्ने नाराका साथ सूचनाको हक सम्बन्धि काम गर्दै आईरहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष जीवन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *