सेलिब्रेटिहरु दशैंको टिकाको दिन के के गर्छन्?

ईन्द्र जिजीबिषा-असोज २४ काठमाडौ,नेपालीहरुको घरघरमा यतिबेला दशै आइपुगेको छ । गाउँ-शहर जताततै दशैको रौनकताले रंगीन उल्लासमय छ । के हलि ? के किसान ? के भरिया ? के नोकर ? मालिक, नेता, कार्यकर्ता, कलाकार, साहित्यकार सबैलाई दशैको चटारो छ । यहि अवसरमा मैले दशैको विशेष दिन दशमी टिकाको दिन कसरी बित्छ तपाइँको भनेर सोधेको थिएँ ।

parbati raiम्युजिक भिडियोकी परी, नायिका पार्वती राई, टिकाको अघिल्लो दिन, दोलखास्थित भिमसेन मन्दिर पुगेकी थिइन् । भर्खरै नयाँ घर बनाएकी पार्वतीलाई छोरीको उन्नति र प्रगतिको कामना गरेर, बाबुआमाले भाकल गरेको हुनाले पार्वती राई त्यहाँ पुगेकी हुन् । विशेष त टिकाको दिन, बिहान सुरुमा हजुरआमाको हातबाट टीका लगाउदै छिन् । सेतो टीका प्रयोग गर्ने पार्वती राई त्यसपछि क्रमश बाबू र आमाको हातबाट टीका थापेर मामाघर जाँदै छिन् । मामाघरमा टीका लगाई सके पछि बाँकी रहेको समयमा साथीहरू संग खाने,बस्ने,पिङ खेल्ने, र रमाइलोको लागि साथीहरू संग तास खेल्ने योजनामा छिन् ।

melina rai

यस्तै अहिलेकी जल्दाबल्दा गायिका मेलिना राईको खासै केही योजना छैन। अब तीन दिन जति काठमाडौ नै रहने योजनामा रहेकी मेलिना राई यो पटकको दशै नमनाउने भएकी छिन् । आफन्तको मृत्यु भएकोले यो पटकको दशैमा टीका नलगाउने भएकी हुन् । अहिले घरमा बहिनी संग दुई जना मात्र रहेको हुनाले खाने बस्ने अरु सामान्य तरिकाले दिन बिताउदै छिन् ।

mausami mallaअर्कि चर्चित नायिका मौसमी मल्ल नवमीको दिन सम्म सुटिङमै व्यस्त छिन् । चितवनमा दशै मनाउने योजनामा रहेकी मौसमी मल्ल, भोलि बिहान तीन घण्टा ड्राइभ गरेर चितवन पुगेर आमाको हातको टीका र आशीर्वाद थापी दिउँसो मामाघर जाँदै छिन् । धेरै बर्ष पछि मौसमी मामाघर टीका लगाउन जाँदै छिन् । छोराहरु पोखरामा भएकोले घरमा आमा संग नै दिन बिताउने सुरमा छिन् । काठमाडौ हुदा पिङ खेल्न पाइएको थिएन तर यहाँ चितवनमा यो पटक मज्जाले पिङ खेल्दै छिन् । बाँकी समयमा साथीभाइहरु संग खाने बस्ने रमाइलो गर्दै छिन् ।

rup

गायक रुपकुमार राई बिहान आमाको हातबाट टीका र आशीर्वाद थापेर दिनभरि घरमै परिवार संग बस्ने योजनामा छन् । सेतो टीका लगाउने संस्कार रहेकोले सेतो टीका लगाएर अरु दिन परिवारलाई समय दिन नपाएकोले टिकाको दिन पूरा समय परिवारलाई दिदै छन् ।

nawal khadka

नायक नवल खड्का टिकाको दिनमा, बाबुआमा र मान्यजनको हातबाट टीका लगाई आशिर्वाद लिने र अरु सामान्य तरिकाले दिन गुजादै छन् ।

shantiram raiप्राज्ञ संगीतकार शान्तिराम राई टिकाको दिन मान्यजनको हातबाट टीका लगाएर आशीर्वाद लिने अनि आफ्नो छोराछोरीलाई टीका लगाई आशीर्वाद दिदै छन् ।

rajan mukarungमदन पुरस्कार बिजेता साहित्यकार राजन मुकारुङ दशै मान्दैनन् । दशै नमाने पछि टीका लगाउने कुरै भएन । तास खेल्ने योजना भए पनि तास खेल्ने साथीहरू टीका लगाउनु जाने भएकोले टिकाको दिन भरि गोपाल खनालको भु_ राजनीति भन्ने किताब पढेर सक्दै छन् । अर्का साहित्यकार लाटो पहाडका लेखक उपेन्द्र सुब्बा पनि दशै मान्दैनन् । सामान्य तरिकाले दिन बिताउदै छन् ।

byakul maila

अर्का साहित्यकार राष्ट्र गानको सर्जक व्याकुल माइला भने दशैको टिकाको दिन मान्यजनको हातबाट टीका लगाएर भेटघाट र परिवार जमघटमा व्यस्त हुँदै छन् ।

sanubaba subaa

सिमारेखाका नायक सानुबाबा सुब्बा दशै कसरी मनाउने कुनै अत्तोपत्तो छैन । परिवार नै भेटघाट गर्ने हो भने,अरु समयमा पनि गर्न सकिन्छ । फेरि चासोक ताङनाम पनि छदै छ । ठुलाबडा बाट आशिर्वाद लिनै पर्दा दशै नै कुर्नु नपर्ने भएकोले टिकाको दिन केही नगर्ने सोचमा छन् ।
sumi chamling

अहिले भर्खरै बजारमा पुर्बेली लोक भाका लसमा लस नि लै मसला पिस्ने, लोहोरो सिलौटो , दुई मन मिल्यो पिरती बस्यो के मान्नु अनौठो भन्ने गीत यु टुब मार्फत सार्वजनिक गरेकी चर्चित गायिका सुमि चाम्लिङ भने टिकाको दिन घरमा बस्ने मीठो मीठो पकाउने खाने अनि घरमा आएको पाहुनाहरु संग गफगाफ गर्दै गित सुन्ने छिन् ।

One thought on “सेलिब्रेटिहरु दशैंको टिकाको दिन के के गर्छन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *