स्ट्यान्डर्ड चार्टर्ड बैंकले थप सेयर निष्कासनको बिक्री मंगलबारदेखि खुला गर्ने

चैत्र १ काठमाडौ,स्ट्यान्डर्ड चार्टर्ड बैंकले थप सेयर निष्कासन (एफपिओ)को बिक्री मंगलबारदेखि खुला गर्ने भएको छ । बेलायती बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले २५ लाख ५८ हजार १ सय ४० कित्ता नयाँ सेयर बिक्री गर्न लागेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर प्रिमियमसहित प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरमा बेच्न लागेको हो । उक्त सेयरमा आवेदन दिन कम्तीमा १० कित्ता र बढीमा २५ हजार ५ सय ८० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । उक्त सेयरका लागि आवेदन दिने म्याद चाँडोमा चैत ४ गते र ढिलोमा चैत १५ गते बन्द गरिने जनाईएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरले इक्रा नेपालबाट ‘टू प्लस’ रेटिङ पाएको छ । बैंकको समग्र वित्तीय अवस्था र भविष्यको सम्भावनालाई समेत आधार मानेर प्रदान गरिने यो रेटिङले बैंकको आधारभूत पक्ष औसतभन्दा राम्रो रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *