स्थानिय चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कारवाही गर्ने

काठमाडौ ७ साउन-अहिले नेपाली कांग्रसको केन्द्रीय समिति बैठक सानेपामा जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा अहिले कांग्रेस नेता रामचन्द्र पौडेल, महेश आचार्य, चन्द्र भण्डारी, सरिता प्रसाईं र देवेन्द्र कँडेलले आफ्ना भनाइ राखेका छन् ।

उनीहरुले चुनावी समिक्षा गर्दै आफ्नो पार्टी पहिलो हुन नसकेकोमा चिन्ता व्यक्त गरे । अन्तरघातले चुनाव हारेको कुराप्रति नेताहरुले अंतरघातीलाई पहिचान गरी कारवाही नगरे अर्काे निर्वाचनमा पनि यसले क्षति पुर्‍याउने टिप्पणी गरेका छन् । अहिले बैठकमा अन्य नेताहरुले आफ्नो भनाइ राखिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *