स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा नेकपा एमालेले दल दर्ता गरायो

फागुन १६ काठमाडौ,स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा नेकपा एमालेले दल दर्ता गराएको छ । सोमबार पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले आयोगमा दल दर्ता गराएको हो ।

एमालेको दर्ता नम्बर ७ रहेको छ । आयोगले स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरुलाई फागुन १८ गतेसम्म आयोगमा दर्ता हुन भनेको छ ।

आयोगका अनुसार दर्ता गर्नका लागि दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ । यस्तै केन्द्रिय कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा त्यस्तै समितिका पदाधिकारीको संख्या, दलको संगठनात्मक स्वरूप, दल दर्ताको लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, दलको आधिकारिक छापको नमूना पेश गर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *