स्थानीय निकायलाई एक करोड रुपैयाँ बजेट

चैत्र ३ काठमाडौ,सरकारले स्थानीय निकायको नयाँ संरचना अनुसार प्रत्येक स्थानीय निकायलाई एक करोड रुपैयाँ बजेट दिएको छ। अर्थ मन्त्रालयले स्थानीय निकायको नयाँ संरचना अनुसारका सात सय ४४ वटा स्थानीय तहलाई एक करोड रुपैयाँको दरले बजेट निकासा गर्ने निर्णय गरेको छ।

नयाँ बनेका स्थानीय निकायलाई अर्थ मन्त्रालयले प्रतितह एक करोड रुपैयाँका दरले सात अर्ब ४४ करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो । यसमा ५० लाख रुपैयाँ तुरुन्तै निकासा गर्ने र बाँकी ५० लाख रुपैयाँ काम हुँदै गएर सो बजेट खर्च भएपछि दिईने भएको छ । स्थानीय तहका कर्मचारीको व्यवस्थापन र भौतिक संरचना निर्माणजस्ता न्यूनतम पूर्वाधार तयारीका लागि अर्थ मन्त्रालयले उक्त बजेट निकासा गरेको हो ।

स्थानीय निकायले पाउने उक्त बजेट अनुदान हो। स्थानीय निकायले कार्यालय बनाउन, भाडामा लिन या जग्गा खरिद गर्न, बोर्ड बनाउन जस्ता पूर्वाधार तयारीमा यो रकम निकासा गरिएको बताईएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत गएको बजेटमा नयाँ रकम थप्दा प्रत्येक गाउँपालिकाको बजेट दुई–साढे दुई करोडसम्म पुग्ने उनको विचार छ।

स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखी १० अर्ब बजेट निर्वाचन आयोगलाई निकासा भइसकेको तथा आवश्यकता अनुसार सुरक्षा बजेट उपलब्ध गराउने अर्थमन्त्रालयले जनाएको छ । सरकारले निर्वाचनका लागि २० अर्ब रुपैयाँ छुट्ट्याएकोमा १० अर्ब हाराहारी निर्वाचन आयोगलाई दिइसकेको र बाँकी गृह मन्त्रालयलाई उपलब्ध गराउने भन्दै उनले गृह मन्त्रालयबाट भने ३१ अर्ब ७५ करोड बजेट माग भएको पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *