स्ववियुको कतै चुनाव हुदै कतै सुनशान

फागुन १८ काठमाडौ, त्रिभुवन विश्व विद्यालय अन्तरगतका स्वतन्त्र विद्यार्थी युनियन “स्ववियु”को चुनाव अहिले हुँदैछ । तर, ठूला क्याम्पसहरुमा भने चुनाव नहुने भएको छ । विद्यार्थी संगठनहरुको आन्तरिक विवाद लगायतका कारण धेरै क्याम्पसमा ताला लागेको छ ।

आज बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा चुनाव हुँदैछ । यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, आईओएम, नर्सिङ क्याम्पसका साथै एड्भान्स इन्जिनियरिङ क्याम्पसमा पनि चुनाव हुँदैछ ।

थापाथलीमा मतदान सुरु भइससकेको छ । अन्यत्र पनि मतदानको तयारी भइरहेको छ ।तर, आरआर, त्रिचन्द्र, अस्कल, पाटनसहितका ठूला क्याम्पसहरुमा भने मतदान भएको छैन । धेरै क्याम्पसमा विद्यार्थी संगठनहरुले नै ताला लगाएका छन् । सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा पनि चुनाव रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *