हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमायो

काठमाडौ १ असोज- एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ ।

जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान १९ रनको योगदान दिए । यसअघि, हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *