‘हाउ फन्नी’ कि निर्देशक निलु डोमा शेर्पाको निधन

काठमाडौँ १७ असार – गत वर्ष मात्र रिलिज भएको फिल्म ‘हाउ फन्नी’ कि निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । हार्ट अट्याकका कारण आज विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हार्ट अट्याकपछि उनलाई  टिचिङ अस्पताल लगिएको थियो । अहिले उनको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा नै राखिएको छ ।

उनले निर्देशन गरेको फिल्म ‘हाउ फन्नी’ को  गीत ‘शिरैमा शिरबन्दी’ बोलको गीत भने अझैपनि चर्चामा छन् । उक्त गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । सरल स्वभाबकी निलु डोमा शेर्पाको निधनको खबरले नेपाली फिल्म क्षेत्र स्तब्ध भएको छ ।

प्राप्त जानकारी अनुसार, निलु लामो समयदेखि अस्वस्थ थिइन् । उनले फिल्म ‘सुनगाभा’मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् भने फिल्म ‘पुन्टे परेड’मा मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *