हाङ्ग चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

सरोज/दक्षिण कोरिया, १ माघ
पछिल्लो समयमा व्यास्त निर्देशकको रुपमा रहेका एक सफल निर्देशक हाङ चेम्जोङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको निर्देशनमा पछिल्लो छोटो समयमा नै एक दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा आएका छन् । उनिद्वारा निर्देशित थुप्रै म्युजिक भिडियोहरुले दर्शक श्रोताको मन सजिलै जित्ने गरेको छ ।

नेपालको पुर्बी पाँचथर स्थाई घर भई हाल कोरियालाई कर्म थलो बनाउदै निर्देशनमा जमि रहेका निर्देशक हाङ्ग चेम्जोङले एक पछि अर्को गर्दै थुप्रै नयाँ-नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका छन् ।गीतकार निलम आङ्गबोहाङ राईको मिठास शब्दमा रहेको “बिन्ति कोही जिन्दगी यो उनकै भनि देउ न ” बोलको गीतमा प्रविन वराईलीको संगीत र चर्चित गयिका प्रश्ना शाक्यको आवाजमा रहेको छ । उक्त गीत उदयराज पौडेले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो दक्षिण कोरियाको विभिन्न रमणीय स्थलहरुमा सन राज रानाले छायांकन गरेको हुन् भने सम्पादन पनि सन राज रानालेनै गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा मौसम चेम्जोङ्ग र मुना लावतीले अभिनय गरेका छन् । चेम्जोङ प्रोडक्सन र रिजेक्टेड प्रोडक्सनले आफ्नो संयुक्त प्रस्तुतिमा उक्त म्युजिक भिडियो बजारमा ल्याएको हो ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *