हेभेन्ली पाथ युवा नेपाल उपत्यका शाखाले गरेको सांस्कृतिक कार्यक्रममा ममता राईको धमाकेद्वार प्रस्तुती (भिडियो सहित)

काठमाडौ १  बैशाख, गायिका ममता राई हिजो आज  सांगीतिक सांस्कृतिक कार्यक्रममा निक्कै जम्न थालेकी छिन् । भर्खरै पूर्वको सांगीतिक यात्रा पुरा गरेर काठमाडौ फर्किएकी गायिका ममता राई, हेभेन्ली पाथ युवा नेपाल उपत्यका शाखाले गरेको सांस्कृतिक कार्यक्रममा धमाकेद्वार प्रस्तुती दिएकी छिन् । गायिका ममता राईले लगातार तिनवटा गीत गाएर उपस्थित दर्शकहरुलाई नचाएकी थिईन् ।

ललितपुरको चुम्लुङ्ग हिमको हलमा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार भुवन सुप्तिहाङ्गले मुक्तक सुनाउदै आफ्नो नयाँ गीतहरु सुनाएका थिए । त्यसैगरी गायक थिरज राई जोसिलो गीत गाएर दर्शकहरु नचाएका थिए । गायिका योजना पुरीले साकेला भाकामा घर हाम्रो याङ्गसिला भन्दै गीत गाउदा  दर्शकहरु उफ्री उफ्री नाचेका थिए ।

यसैगरी कार्यक्रममा मदन सेन्च्युरी,सुशिला पाठक,बीबी लिम्बु,सरनकुमार रोक्का, रोहित राई,केबी राई,प्रताप राई,सुबि राई,सुजना राई लगायत अन्यले गीत गाएका थिए भने, कार्यक्रमको बीच-बिचमा नेवारी नृत्य,तामाङ्ग सेलो र विभिन्न भाकाहरुमा लोक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लिटिल नेपाल आईडल ज्वाला राई लगायत अन्य धेरै जनाले हेभेन्ली  पाथका स-साना बालबालिकाहरुलाई आर्थिक सहयोग गरेका थिए ।

गायिका ममता राईको प्रस्तुति हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *