१९५० मा भएका सन्धिका असमान धारा खारेज गर्नुपर्ने नेपाली पक्षको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लियो

काठमाडौ २४ चैत्र, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ‘इपीजी’को बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा सन् १९५० मा भएका सन्धिका असमान धारा खारेज गर्नुपर्ने नेपाली पक्षको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको छ ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ‘इपीजी’को काठमाडौंमा सम्पन्न बैठकमा सन् १९५० मा सम्पन्न दुई देशबीचको शान्ति तथा मैत्री सन्धिका असमान धारा खारेज गर्नुपर्ने नेपाली पक्षको प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको हो । बैठकमा नेपाली पक्षले नेपाल भारतबीचको व्यापार सम्झौता, जलस्रोत सम्झौतामा देखिएका असमान धारा पनि खारेज गर्न प्रस्ताव गरेको थियो । इपीजीको अर्को बैठक आगामी मे २९, ३० र ३१ मा भारतको देहरादुनमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल भारतबीच देखिएको सीमा समस्या स्थलगत रुपमै अध्ययण गरेर समाधान गर्न पनि दुई पक्षबीच सहमति भएको छ । यस अघि भारतको नयाँ दिल्लीमा बसेको इपीजी बैठकमा नेपाली पक्षले सन् १९५० को सन्धिमा राखिएका असमान धारा खारेज गर्न भारतीय पक्षसँग प्रस्ताव गरेको थियो । बैठकमा भारतीय प्रवुद्ध समूहको संयोजक भगत कोशियारीले दुई देशबीच देखिएका कुनै पनि समस्या समाधान गर्न भारतीय पक्ष तयार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *