२० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा

पौष २६ कञ्चनपुर,आज झण्डै ४० लाख नेपाली युवाहरु बैदेशिक रोजगारीको लागि बिदेशमा छन् । पैसा कमाउन बिदेश जानेहरु सबै सुरक्षित हुन्छन् भन्ने छैन । कैयौ नेपालीहरु आफु निर्दोष हुदाहुदै पनि, विदेशको जेलमा छन् । यस्तै, भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।

मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो । जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन् ।

उनीहरुलाई, मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *