२५ जिल्लामा गरिएको सर्वेक्षणमा, कति घर परिवार गरिब ?(सुची सहित)

कार्तिक २ काठमाडौं, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको २५ जिल्लामा गरेको सर्वेक्षणमा १२ लाख ४० हजार ३ सय ५० घर परिवार रहेकोमा ३ लाख ५६ हजार ४ सय १५ परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको छ । यस्तै ७ लाख २५ हजार ९ सय ७४ वटा घरपरिवार भने आर्थिक दृष्टिकोणले मध्यम र सम्पन्न रहेको पनि अध्ययनले देखाएको छ ।

गरिब परिवारलाई गरिब परिचय पत्र वितरण गरी थप सुविधा उपलब्ध गराउन सरकारले पहिलो चरणमा भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लामा गरिब घर परिवार पहिचान बोर्ड गठन गरी सर्वेक्षण थालेको थियो । सो सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा ६४.१ र कालिकोटमा कुल परिवार संख्यामा ५७.९ प्रतिशत परिवार र सबैभन्दा धेरै धनि तनहुँमा ६५ हजार ५ सय ५६ घरपरिवार मध्ये ८ हजार ९ सय ९९ परिवारमात्र गरिबीको रेखा मूनी रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । बोर्डले उक्त तथ्यांकको अहिले अद्यावधिक गरिरहेको छ ।

कुन जिल्लामा कति गरिब ?

जिल्ला जम्मा घर परिवार संख्या   गरिब घरपरिवार संख्या    
भोजपुर ३५,९७६ ८,०६३
खोटाङ ३९,६९१ ८,६६५
सिराहा १,१९,५७० ३४,३०२
सिन्धुली     ५३,९५५ १९,११७
रामेछाप     ४०,३३३ ९,६३७
रौतहट १,१६,७३६ ३२,४१६
गोरखा ५९,६६४ १०,८०९
तनहुँ  ६५,५५६ ८,९९९
बाग्लुङ ५२,८५६ १०,८७०
कपिलवस्तु   ८४,९८५ २५,३४६
अर्घाखाँची    ४२,००९ ११,०८५
प्यूठान ४५,०८५ १३,३९२
रोल्पा ४०,५३१ ९,५३७
रुकुम ३५,९७२ ८,२४५
बर्दिया ७८,९७२ २१,०५९
जाजरकोट   २७,४०७ ८,४७४
डोल्पा ७,०६७ २,८५७
जुम्ला १९,४९७ ८,१९३
कालिकोट    २२,०९४ ११,१०१
मुगु   ९,५३३ ३,६३१
हुम्ला ८,५५५ ४,२३५
बाजुरा २१,६८५ १२,५७५
बझाङ ३०,३२८ १४,१५३
अछाम ४५,१६० १९,४०७
कैलाली     १,३७,१२८ ४०,२५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *