२६ भदौमा १४औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड हुने

काठमाडौ ५ साउन- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २६ भदौमा १४औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड प्रज्ञा भवनमा हुने भएको छ । पल्सर स्पोर्टस् अवार्ड मञ्चको २२औँ स्थापना दिवसको एक दिनअघि हुन लागेको हो । यो अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी रहेको छ ।

विभिन्न आठ विधामा हुन लागेको उक्त अवार्डमा पछिल्लो संस्करणमा झैँ यसपटक पनि वर्षको उत्कृष्ट खेलाडी, पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथ्लेटिक्स, स्पेसल तथा लाइफटाइम एचिभमेन्ट विधा समावेश रहेको बताईएको छ ।

यसपटकको संस्करणमा चार उत्कृष्टले पल्सर मोटरसाइकल पाउनेछन् । आयोजक मञ्चले एक विधामा मोटरसाइकल पुरस्कार थपेको हो । गत वर्ष उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस विजेताले मोटरसाइकल पाएका थिए । यसपटक पनि यी विधाका विजेताले मोटरसाइकल नै पाउनेछन् । यसैगरी, अन्य चार विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने बताईएको छ ।

हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले स्पोर्टस् अवार्डमा आफूहरू आउँदो वर्षमा पनि सहयात्रीका रूपमा रहने बताएका छन् । गत वर्ष नै अवार्डका लागि पाँच वर्षको सम्झौता भएकोले यसपटक प्रायोजन रकम र जिन्सीका रूपमा १८ लाख ९० हजार रुपैयाँ सहयोग हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *