२ लाख ८ हजार १७१ पुरुष-महिला र ३ जना तेस्रो लिंगीलाई नुवाकोटमा मतदाता नामावली कायम गरियो

विचारी चाम्लिङ्ग / नुवाकोट २६ असोज- आगामी मङ्सिर १० गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनको लागि नुवाकोट जिल्लामा २ लाख ८ हजार १ सय चौवालिस मतदाता संख्या रहेको छ । विगतमा तिन निर्वाचन क्षेत्र रहेता पनि हाल राज्य पुनर्संरचनाको कारण दुई वटा मात्र निर्वाचन क्षेत्र कायम रहेको नुवाकोटमा चारवटा प्रदेश क्षेत्र रहेको छ । निर्वाचन कार्यालय नुवाकोटको अनुसार १ लाख १ हजार ४ सय २३ महिला संख्या र १ लाख ६ हजार ७ सय ४८ पुरुष, २ जना तेस्रो लिंगीको नाम र फोटो सहितको मतदाता नामावलीमा समावेस भईसकेको छ ।

निर्वाचन क्षेत्र नं १ अन्तर्गत तादी गाउँपालिकामा ७ हजार १ सय ४ पुरुष, ६ हजार ३६५ महिला गरि १३ हजार ४ सय ६९ मतदारा रहेको छ भने, दुप्चेश्वर गाउँपालिकामा ८ हजार ३ सय ७१ पुरुष,७ हजार ३३७ महिला र १ समलिंगी सहित १५ हजार ७ सय ९ मतदाताहरु रहेका छन् ।
पन्चकन्य गाउँपालिकाको संख्या ६ हजार ९२७ पुरुष ६ हजार २२३ महिला सहित १३ हजार १ ५० मतदाता रहेका छन् ।

शिवपुरी गाउँपालिकाको पुरुष संख्या ९ हजार १३८ जना छन् भने महिला संख्या ८ हजार ४२३ र १ समलिंगी सहित १५ हजार ७ सय ६२ मतदाता कायम गरिएको छ ।

ककनी गाउँपालिकाको पुरुष संख्या १० हजार ४ , महिला संख्या ९ हजार ३५१ र १ जना समलिंगी सहित १९ हजार ३५६ रहेका छन् । लिंखु नगर पालिकाको पुरुष संख्या ६ हजार ९ सय ३८, महिला संख्या ६ हजार ६ सय ७९ गरि कुल संख्या १३ हजार ६ सय १७ मतदाता नामावली कायम गरिएको छ । सुर्यगढि गाउँपालिकामा पुरुष संख्या ६ हजार ४ सय ७१, महिला संख्या ५ हजार ९ सय ४३ गरेर जम्मा १२ हजार ४ सय १४ मतदाता रहेका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं १ का ७ वटा गाउँ पालिकामा १ लाख ५ हजार २ सय ७७ मतदाता कायम भएको छ ।

निर्वाचन क्षेत्र नं २ अन्तरगत, वेलकोट गढि नगरपालिकामा पुरुष १५ हजार ४ सय ३२, महिला १३ हजार ४५४ सहित २९ हजार २५६ जना कायम भएका छन् । तारकेश्वर गाउँ पालिकाको पुरुष संख्या ६ हजार ४१८, महिला संख्या ६ हजार ३४१ गरि १२ हजार ७ सय ५९ मतदाता रहेका छन् ।

विदुर नगर पालिकाको पुरुष संख्या १९ हजार ४ सय १, महिला संख्या १९ हजार ९२८ गरि कुल संख्या ३३ हजार ३२९ रहेका छन् । मेघान गाउँ पालिकाको पुरुष संख्या ५ हजार २ सय ९३ महिला संख्या ५ हजार ६ सय ६१ गरि जम्मा १० हजार ९५४ रहेका छन् ।

किस्पाङ्ग गाउँ पालिकाको पुरुष संख्या ५ हजार २५१ , महिला संख्या ५ हजार ३१८ सहित जम्मा १० हजार ५६९ रहेका छन् । क्षेत्र नं २ का २ वटा नगर पालिका र ३ वटा गाउँ पालिकामा १ लाख २ हजार ८९७ महिला पुरुष गरि मतदाता नामावली कायम भएका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटमा मुख्य निर्वाचन अधिकृतहरु समेत तोकिसकेका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं १ मा महा न्यायाधिवक्ता कार्यालय रामशाह पथ काठमाडौका उपन्याधिवक्ता गोपाल लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ भने, क्षेत्र नं २ का लागि, जिल्ला अदालतका न्यायाधिश लोक जंग शाहलाई मुख्य निर्वाचन अधिकृतको जिम्मा दिएको छ ।

माथि उल्लेखित फोटोसहितको मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन प्रमुख जनार्धन अधिकारीले हामीलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *