३२ दिनपछि खोटाङ्ग-काठमाडौ सिधा यातायात

खोटाङ्ग १८ असोज- खोटाङ्ग-काठमाडौ सिधा यातायात संचालन नहुदा विभिन्न समस्याहरु झेलिरहेका खोटाङ्गेहरुले अब ३२ दिनपछि खोटाङ्ग-काठमाडौ सिधा यातायातको सेवा पाउने भएका छन् ।

२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्ष पछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो । डिजाइन एप्रुभड, मुअब्जा लगायतका कारण, २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीले बताएको छ।

जयरामघाट दुधकोशी नदीको पूल असोज १८ गते बिहान देखि ढलानको काम शुरू भएर १५ मिटर ढलान पूरा भएको छ । अब ढलान कार्य ४ दिन भित्र सम्पन्नता गरेर २८ दिनको क्यूरिङ भएपश्चाात काठमाडौ-खोटाङ्ग सिधा यातायात हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *