३३ किलो सुन तस्करी प्रकरणका नाईके हरिशरण खड्का,१२ जना समातिए १८ जना फरार

फागुन २२ काठमाडौ,त्रिभुवन विमानस्थलमा केहि समय अगाडि भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ३० जनाको नाम नेपाल प्रहरीले सार्वजनिक गरेको छ । तस्करहरु मध्ये १० जना युएईमा बस्ने नेपालीहरु रहेका काराण उनीहरुलाई प्रहरीले समात्न सकेको छैन ।

प्रहरीले जनाए अनुसार सुन तस्करीका नाइके युएईमा बस्ने हरिशरण खड्का हुन् । युएईमा बसेर खड्कालाई सहयोग गर्नेहरुमा ध्रुब, रोशन गुप्ताल भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्चय भनिने दुर्गाप्रसाद खरेल र गोपाल भुसाल छन् ।

नेपालमै रहेर सुन तस्करीमा लागेकाहरुमा सन्तोष काफ्ले, गोपाल शाही, दिलबन्धु थापा मुख्य रहेको प्रहरीको दाबी छ । उनीहरु युएईबाट सुन ‘रिसिभ’ गर्ने र विभिन्न ठाउँमा सप्ताई गर्ने काममा संलग्न रहेको प्रहरीको भनाइ छ ।
युएईबाट आएको सुनका मुख्य ‘रिसिभर’ व्यक्तिहरुमा रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल रहेको प्रहरीको निश्कर्ष छ । त्यसैगरी गोपाल शाहीसँग मिलेर भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको सीआइबीले बताएको छ ।

सीआइबीको रिपोर्ट अनुसार, एयरपोर्टमा दिलबहादुर थापाले ल्याएको सुन विमानस्थलमा श्रीनारायण यादवसम्म आइपुग्ने र उनीबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको बताइएको छ । यादवबाट एसएसपी खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरी श्रेष्ठसम्म विमानस्थलबाटै सुन तस्करीमा संलग्नता देखिएको सीआइबीको रिपोर्ट छ ।

सीआइबीको रिपोर्टअनुसार युएई बाट नेपाल सुनको डिमाण्ड गर्ने समूहमा राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठ रहेका छन् । सुनको डिमाण्ड ग्रुपसँग साझेदारका संलग्नहरुमा रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ रहेको सीआइबीले जनाएको छ । त्यस्तै मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि सेयर होल्डरका रुपमा तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ ।
३३ किलो सुन काण्डमा हालसम्म पक्राउ परेकाहरुमा एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही समेत छन् । पक्राउ परेका अन्य व्यक्तिहरुमा सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *