८८ किलो सुन ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौ २२ भदौ- ८८ किलोग्राम सुन ओसारपसार गरेको आरोपमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् ।

दम्बाले चिनियाँ भूभागमा र दिलीपले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने काम गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौ ल्याईएको छ ।

रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको ६, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म र नेपाली सेनाको तीन/तीनवटा जाँच परीक्षणको पोस्ट रहेका छन् ।

नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा सुन ओसारपसारमा प्रयोग भएको बा. १७ च. ६४२७ नं.को टाटा सफारीकार दर्ता भएको अभिलेख नभेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *