बोको हराम द्वारा २१ युवती रिहा

असोज २८ नाइजेरियाः इस्लामिक सङ्गठनमा आवद्ध जिहादी बोको हराम समूहद्वारा सन् २०१४ को अप्रिलमा अपहरणमा गरिएका २ सय जना छात्रामध्ये २१ जनालाई बिहीबार रिहा गरेको छ ।
नाइजेरियाली सरकार र विद्रोही बोको हराम समूहबीच भएको बन्दी रिहाईका लागि गरिएको सहमति अनुसार २१ युवतीको रिहा गरिएको हो ।

यी युवतीलाई रिहा गर्न उत्तरपूर्वी नाइजेरियाको बाँकीस्थित चार जना बोको हराम विद्रोहीलाई सरकारले छोड्ने सहमति भएको थियो । सहमति अनुरुप बिहीबार नै रिहा गरिएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, बोको हराम, नाइजेरियाली सरकार र स्वीस सरकारका प्रतिनिधि सम्मिलित एक समितिले यस विषयमा सहमति गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *