गायक सुनिल राईको गीति एल्बम “युनिक” सार्वजनिक

माघ ५ काठमाडौ, युवा गायक सुनिल राई आफ्नो गीति एल्बम “युनिक” लिएर बजारमा आएका छन् । विकास चौधरीको एकल संगीत रहेको युनिक एल्बमलाई मंगलबार संगीतकार लक्ष्मण शेष लगायत अन्य अतिथिहरुले एक कार्यक्रम बिच लोकार्पण गरेको हो ।

युनिक एल्बममा हरि उप्रेतीको शब्द रचनामा”ह्याक भो” सबिना केसीको शब्द रचनामा “सक्छौ होला” रोजी लावुङ्ग राईको शब्द रचनामा “चौबन्दी चोलीमा” सागर मल्लको शब्द रचनामा “मैले दिए माया” जानु काम्वाङ्ग लिंग्देनको शब्द रचनामा “झुमौं” र यादव पुडासैनीको शब्द रचनामा “सपना देख्नु” गरेर ६ वटा गीतहरु रहेका छन् । ६ वटै गीतमा गायक सुनिल राईको स्वर रहेको छ भने,संगीतकार विकास चौधरीको एकल संगीत रहेको छ ।

शान्ति ईन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न कार्यक्रममा सगरमाथा वेसक्याम्पमा अवार्डको आयोजना गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल आर के सुवेदीलाई शान्ति ईन्टरटेन्मेण्टको तर्फ बाट २५ हजार नगद सहित खादा र फुलको गुच्छाले सम्मान गरेको छ । एक करोड भन्दा बढि लगानी गरेर सगरमाथा वेसक्याम्पमा अवार्डको आयोजना गरि विश्व किर्तिमान राखेकोमा २५ हजारको सम्मान बाट आफ्नो खाता खोलेको छु । यसको लागि शान्ति ईन्टरटेन्मेण्टलाई हार्दिक धन्यबाद भन्दै आभार ब्यक्त गरे आर के सुवेदीले । अब २०७५ मा ५,३०० फिटमा अवार्डको आयोजना पनि गर्दै छु भनेर आर के सुवेदीले घोषणा पनि गरे ।

यसैगरी,कार्यक्रममा महेश खड्काले, हिजोका दिनहरुमा भन्दा आजका दिनहरुमा नेपाली सांगीतिक आकाश फराकिलो बन्दै गएको बताए । हामीले अब रोयल्टी पाउन थालेको छौं । अब भने कलाकारहरुले स्वयम् कलाकारितामा आत्मनिर्भर बनेर बाँच्न सक्ने आधार बनेको छ, भनेर संगीतकार महेश खड्काले भने ।

कार्यक्रममको प्रमुख अतिथिको रुपमा रहेका लक्ष्मण शेषले युवा गायक सुनिल राई अविरल रुपमा सांगीतिक क्षेत्रमा आउनु पर्छ । गायक सुनिल राईले पहिलो एल्बम नै निक्कै राम्रो गरेकोले गायक सुनिल राई बाट आफू आशाबादी रहेको बताए भने, गायक सुनिल राईको प्रगतिको लागि शुभकामना दिए ।

शान्ति ईन्टरटेन्मेण्टको सञ्चालक पुर्ण राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मण शेषको अलावा महेश खड्का, उदय सुब्बा, ज्ञानेन्द्र गदाल, उतम केसी,ओम प्रतिक,ज्ञानेन्द्र देउजा,मिलन मोक्तान,ज्योति पोख्रेल,सुमन वैरागी,सानुकाजी श्रेष्ठ,मदन चौधरी,रामलाल चौधरी,आर के सुवेदी,मिन सागर लामा,ईन्द्र जिजीबिषा लगायत अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रममा गायक सुनिल राईले,आफ्नो युनिक एल्बममा रहेका गीतहरु गाएर उपस्थितहरुलाई मनोरन्जन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *