दक्षिण कोरियाले उतर कोरियाली शासक किम जोङ उनको हत्या गर्न सक्ने

असोज ८ एजेन्सी । दक्षिण कोरियाले उतर कोरियाली शासक किम जोङ उनको हत्या गर्न आफूहरुले  विशेष योजना गरेको बताएको छ । त्यसका लागि टोली पनि तयारी अवस्थामा रहेको उसको दावी छ ।

seoul penyangउतरले एकपछि अर्को परमाणु परीक्षण गरेर दक्षिणलाई त्रसितबनाइरहेका बेला यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

दक्षिण कोरियाको संसदमा बुधबार उतर कोरियाली शासकलाई बाटोबाट पन्छाउन कुनै योजना छ ? भन्ने प्रश्न सोधिएको थियो ।

त्यसको जवाफमा रक्षामन्त्री हान मिन कूले भने,    दक्षिण कोरिया

हो, हामीसँग यसका लागि स्पष्ट योजना छ । हामी दुस्मनका नेता र उसका मुख्य क्षेत्रमा रहेका कारखानालाई जुनसुकै बेला हटाउन सक्छौँ । त्यसका लागि हाम्रो टोली तयारी अवस्थामा छ ।’

यद्यपी अन्तिम अवस्था नआइ त्यो विकल्प प्रयोग नगर्ने संकेत उनले गरे ।

                                                                                                     उतर कोरिया 

सो योजना एकदमै खराब परिस्थितिका लागि मात्रै भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES