करोडौ भ्रष्टाचार गर्ने सत्यनारायण मेहता माथि, अख्तियारलाई कारबाही गर्न शिफारिस

mehataपौष २० काठमाडौ, नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहताले, संस्थानका नाममा रहेको विभिन्न ठाउँका जग्गा गैरकानुनी रुपमा भाडामा लगाएको निष्कर्ष निकाल्दै राष्ट्रिय सतर्कता केन्द्रले उनलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको छ । मेहताले संस्थानको महाप्रवन्धकको रुपमा रहँदा संस्थानको जग्गा भाडामा लगाउँदा मात्रै करिब १ करोड आर्थिक घोटाला गरेको खुलासा भएको हो ।

मेहताले सार्वजनिक सम्पत्ति व्यक्तिको स्वार्थमा मिलाइदिए वापत आर्थिक लाभ प्राप्त गरेका हुन् । महाप्रवन्धक मेहताले ०६७ जेठ १६ गते नेशनल ट्रेडिङको रामशाहपथस्थित २५ रोपनी खाली जग्गा ३३ बर्षका लागि ५१ करोड ३० लाखमा भाडामा लगाएका थिए । तत्कालिन सम्झौता अनुसार भाडामा लगाएको उक्त जमीनमा कच्ची संरचना बनाउन पाउने उल्लेख थियो । तर, भाडा लगाउँदा प्रक्रिया मिचिएको भन्दै लेखा समितिले सोही बर्ष जेठ २३ गते नियम मिचिएको भन्दै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । तर, मेहताले जग्गा भाडामा लिएको कम्पनी इन्फ्रिनिटी इन्फ्रास्ट्रक्चर प्रा.लिलाई ०७२ मा सोही जग्गाबाट ७ करोड बैंक ज्ञारेण्टीका लागि स्वीकृत दिए । त्यस्तै उनले सरकारले कानुनी प्रक्रिया मिचिएको भनेर रोक्का गरेको ठेक्कामा थप निर्णय नगर्दै ०७० पुसमा टिप्पणी उठाएर स्वीकृत गरी जग्गा प्रयोग गर्न दिए ।

यस्तै मेहताले सुरुमा उक्त जग्गामा कच्ची भवन बनाउन भाडा स्वीकृति दिएका थिए । तर, पछि थप कमिशन लिएर कच्ची भवन बनाउने सम्झौता रद्द गरी पक्की भवन बनाउने सम्झौता गरेको आरोप उनीमाथि लागेको छ ।
यस्तै महाप्रवन्धक सत्यनारायण मेहताले नेशनल ट्रेडिङ पोखराको खाली जग्गा भाडामा लगाउँदा समेत गलत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उनले लाखौँ रुपैँया कमिशन लिएर गैरकानुनी रुपमा उक्त जग्गा १० बर्षका लागि भाडामा लगाएको पाइएको हो ।

यस्तै महाप्रवन्धक मेहताले रामशाह पथस्थित ड्राइभिङ इन्स्टिच्युटका लागि जग्गा भाडामा लगाउँदासमेत अनियमितता गरेको पाइएको हो । उनले उक्त जग्गा ड्राइभिङ इन्स्टिच्युटका लागि दिए पनि पछि पुनः पार्टी प्यालेससमेत सञ्चालनका लागि अनुमति दिएका हुन् । सुरुमा ड्राइभिङ इन्स्टिच्युटका लागि सम्झौता भए पनि थप आर्थिक लाभपछि उनले गोप्य तरिकाले सम्झौता सच्याएर पार्टी प्यालेस समेत सञ्चालन गर्न दिएको पाइएको हो ।
यसैगरी मेहताले नेशनल ट्रेडिङस्थित टेकुको खाली जग्गासमेत गैरकानुनी रुपमा पाँच वर्षका लागि पार्टी प्यालेस सञ्चालन गर्न भाडामा लगाएका छन् । उनले आफु मातहतको कर्मचारीलाई जानकारी नै नदिई उक्त ५ रोपनी संस्थानको जग्गा गोप्यरुपमा सम्झौता गरेर दिएको छानविन समितिको निष्कर्षले देखाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलभित्र ड्युटी फ्री पसल सञ्चालन गर्दा समेत मेहता अनियमिततामा संलग्न भएको प्रतिवेदनले देखाएको छ ।

यसरी अनियमितता गर्ने मेहता माथि, सतर्कता केन्द्रले आर्थिक अनियमिततामा संलग्न भएको भेटिएकाले उनीमाथि थप छानबिन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

एक ब्याक्ति एउटा विभागको प्रमुख मात्र हुन पाउने  नियमलाई ,मिच्दै, केहि समय अगाडी मेहता ६ वटा विभागको प्रमुख भएर काम गरेको समचार बाहिर आएको थियो

One thought on “करोडौ भ्रष्टाचार गर्ने सत्यनारायण मेहता माथि, अख्तियारलाई कारबाही गर्न शिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *