ढुङ्गाको फूल : उदय रानोहोँछा

ढुङ्गाको फूल 

न लर्केँ हाँगामा न विरचित नै सृष्टि नलिनी
बगैँचा पाएरै न, न सहचरी सौरभ बनी
न त्यो सौम्य उत्फुल्ल सुरपुरमा चौरस चुनी
सुकेँ ढुङ्गा-ढुङ्गा सिथिल चिर शोभा सब खुनी

भिखारीको तङ्गा खत मयल मै देखि विमना
लिखा फुट्यो जै-जै गरि जुलुस जुम्रा अकलमा
लुसेत्रो कात्रोमा जरह उठि गन्धै सकलमा
कली भै-भै झेलेँ गुदुगुदु कलेरा नरकमा

हवा आई भन्छन् मरमर जलै छैन जडमा
तुफानै लाछी भन्छ दिन सकियो गर्जि पटमा
वितण्डा छन् सारा भुवन भुव खालै ति लतमा
छु वैलेको आस्था रहर भुलि ढुङ्गा यि हतमा

पलाएँ ढुङ्गामा चपल कसरी चाकल छली
यकै मुट्ठी माटो विहिन छ जरा राखल गढी
शिरै ऊँचो राखूँ सकल रहिना ताकत गली
बसेँ लत्री-लत्री सकिनु छ ढुङ्गै अब जली

य म न स भ ल गु

                          उदय रानोहोँछा
      ~~~~~~~~~खोटाङ~~~~~~~~~

उदय रानोहोँछाको अर्को कविता पढ्न यहाँ क्लिक गर्नु होला

गायिका मेलिना राईको स्वरमा,उदय रानोहोँछाको शब्द र संगीतमा रहेको गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *