गीतकार रोहन पौडेलको “जिन्दगी दुई पलको” (भिडियो सहित)

 

काठमाडौ ११ भदौ- गीतकार रोहन पौडेल “जनक” ले फेरि अर्को “जिन्दगी दुई पलको” बोल रहेको गीत सार्वजानिक गरेका छन् । गीतकार रोहन पौडेलले यो भन्दा केहि समय अगाडी हिमाल सागरको स्वरमा “चन्चले चुलबुले” बोलको गीत पनि सार्वजानिक गरि सकेका छन् । गीतकार रोहनले पछिल्लो समय निरन्तर गीतहरु सार्वजानिक गरिरहेका छन् ।

रोहन पौडेलको शब्द रचनामा हरि लम्सालले संगीत गरेका छन् यो गीतमा भने अहिलेकी चर्चित गायिका मेलिना राई र सन्तोष लामाको स्वर रहेको छ । यो गीतको एरेन्ज भने, रिकेश गुरुङ्गले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीको टिमले छायांकन गरेका हुन् भने, निशान घिमिरेले सम्पादन गरेका हुन् । रिमा विस्वकर्मा र जीवन भट्टराईले अभिनय गरेको यो म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक प्रकाश धितालले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *