अहिले सम्म,१११ जनाको मृत्यु

साउन ३१, काठमाडौँ – हालैको अविरल वर्षातपछि अहिले सम्म, झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा १११ जनाको मृत्यु भएको जानकारी गृहमन्त्री जनार्दन शर्माले दिएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्रीले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौ घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौ जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताएका छन् ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गर्नुभयो । “सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *