आगामी निर्वाचनमा एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने

काठमाडौ १६ असोज- आगामी मंसिरमा हुन लागेको निर्वाचनमा एमाले र माओवादी केन्द्र बीच एउटै चुनाव चिन्हमा चुनाव लड्ने बताईएको छ । माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको स्रोतले बताएको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।

पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले उच्च स्रोतले बताएको कुरा रातो पाटिले लेखि सकेको छ ।
अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए ।

स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *