एमालेको विरोधको वावजुद संसदमा दर्ता भयो महाभियोग प्रस्ताब

काठमाडौं २२ बैशाख, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता भएको महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीचमा पनि महाअभियोगले संसदमा प्रवेश पाएको छ ।

संसदको शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराएपछि संसदमा महाअभियोगले प्रवेश पाएको हो ।

त्यस लगत्तै एमाले संसादहरु रोष्टम घेराउ गर्न आए । सभामुखले सांसदहरुको नाराबाजीतर्फ हेर्दै हेरिनन् र महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् ।

संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो ।

तर, सभामुखले नाराबाजीका बीच महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकेकी हुन् । संसदको आजै १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *