गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटे

पौष १९ विराटनगर, मोरङको विराटनगर २१ मा गएराति अज्ञात समूहले गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

राति ८:३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी चेन्जरका सञ्चालक विराटनगर १९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।
गोली प्रहार गरेर उक्त समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *