जगत बहादुर तामाङ मृत अवस्थामा फेला

मंसिर २९ काभ्रे
बोल्देफेदिचे गाविस १ घर भएका ३८ बर्षीय जगत बहादुर तामाङ मृत अवस्थामा फेला परेको छ । पोखरी नारायणस्थान १ तोलाङ्गे स्थित कामीसिहं तामाङको घरमा बस्दै आएका उनलाई मंगलबार कामीसिंह तामाङको घरको भुई तल्लामा रगताम्मे भएको अवस्थामा मृत फेला पारिएको थियो । घटनास्थलमा रगत लागेको चक्कु समेत फेला परेको छ ।

प्रहरीले घटनाको अनुसन्धानको लागि ४६ बर्षीय पन्चमान तामाङ र ४१ बर्षीय नेमा तामाङलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका कामीसिंह तामाङको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *