ट्रकको ठक्कर बाट एकजना बालकको मृत्यु

काठमाडौ २६ चैत्र, ट्रकको ठक्कर बाट एकजना बालकको मृत्यु भएको छ । ललितपुर ईमाडोल बस्ने शेरबहादुर खत्रीको ७ बर्षीय छोरो सुमन खत्रीको मृत्यु भएको हो । चैत्र २५ गते ललितपुरको ईमाडोलस्थित नमस्ते पेट्रोल पम्प नजिकै ट्रक अनियन्त्रित भएर बच्चालाई ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

दिनको करिब ४:३० बजे तिर ट्रकको ठक्कर बाट बालकको मृत्यु भएपछी मृतक बालकको शवलाई त्यहीं फालेर ट्रक चालक फरार भएका थिए ।  ड्राइभर फरार भएपछि अर्कैलाई प्रहरीले हिरासतमा राखेको आरोप लगाउदै स्थानीयहरू ललितपुरस्थित सातदोबाटो प्रहरी वृतमा जम्मा भएका छन् ।मृतक बालकको शव शिक्षण अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *