नेपाल आईडल विवादको बिषयमा यसरी बोले संगीतकार शान्तिराम राई

काठमाडौ १ असोज- विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आईडल सुरु भएदेखि नै विभिन्न तरिकाले विवादहरु भईरहेको छ । यो विवादमा संगीतका स्रोता देखी कलाकार, संगीतकारहरुले पनि आ-आफ्नो तरिकाले नेपाल आईडलको बारेमा आफ्नो विचार राख्दै आएका छन् । यसै सिलसिलामा वरिष्ठ संगीतकार संगीत प्राज्ञ शान्तिराम राईले पनि आफ्नो फेसबुक मार्फत आफ्नो विचार राखेका छन् । प्राज्ञ शान्तिराम राईले आफ्नो फेसबुक मार्फत राखेका विचार यस्तो छ ।

प्रसंग नेपाल आइडल :-
नेपाल आइडल सम्बन्धी उठेका बीभीन्न बहससँग म धेरै नजीक छु । सबैको कुराहरु सुनीरहेको छु । यो बेला आफ्नो तर्फबाट पनी केही कुरा राख्नु वान्छनीय ठानें । आशा छ यहाँहरुबाट कमेन्टरुपी पुष्पबृष्टी हुनेछ –

1. यो एउटा सांगीतीक रीयालीटी कार्यक्रम हो । जसलाई एपी 1 HD टेलीभीजनले पहीलो चोटी आयोजना गरेको छ । जसबाट नेपाली गीत संगीतमा लाग्न चाहने प्रतिभाशाली भाईबहीनीहरुको प्रतीभा उजागर भैरहेको छ । नेपालमा अन्तराष्ट्रीय स्तरको सांगीतीक प्रतीभा देखाउने यो नै एकमात्र रीयालीटी सो हो ।

2. आम जनता र श्रोताको साथ र माया पाएर नै यो सो ले अन्तराष्ट्रीय चर्चा र ख्याति कमाउन सफल भयो । यो स्तरको सो को आवश्यकता नेपालमा पहीला देखी नै थीयो । त्यसो त यस्ता रीयालीटी सो प्रती हामी नेपालीहरु खासै अभ्यस्त भैसकेका छैनौ । तथापि यो सो आगामी बर्षहरुमा पनी नीरन्तर रुपमा हुनुपर्दछ ।

3. यो सो हेर्दैगर्दा सो प्रती गरीएको कमेन्ट र चर्चामा जनताको जुन कीसीमको उत्तेजना छ, त्यो अती नै स्वाभाविक छ । मानीसको आवेग, भावना र वीचारलाई कसैले पनी रोक्न सक्दैन । आवेगमा आउँदा कहीले काहीं वीवेक नपुग्नु स्वाभाविक नै हो । मानीस भएर सकीन्छ भने वीवेक पुर्याउने कोशीस चाहीं गर्नुपर्छ । यो एउटा कार्यक्रमको नाममा क्षणिक उत्तेजनामा आएर हाम्रो सामाजिक सद्भाव, धार्मिक आस्था, जातीय सहीष्णुतामा खलल पुर्याउने प्रयास गर्नु हुन्न ।
4. अढाई सय बर्ष देखी राज्यले आदीवासीहरु माथी गरेको वीभेदको आक्रोस पोख्ने थलो कदापी यो हुनहुँदैन । त्यसलाई त राजनीतिक रुपले नै सम्बोधन गर्नुपर्छ । र ढीलो चाँडो त्यो दीन पनी आउला । त्यसो त केही उच्चबर्गीय मनुवादीअहंकारी गन्धहरु देख्नमा आईरहेको छ र त्यो स्वभावीकै हो । तथापि त्यस्तो नभैदीएको भए बेस हुने थीयो । सम्पूर्ण दाजुभाई तथा दीदीबैनीहरु यो बेला संयमीत बनौं । बुद्द, प्रताप, नीशान सबै हाम्रै मान्छे हुन् ।

5. सागर आले करोडपती बनीसकेको समाचारहरु आईरहेको छ, नीशान, प्रताप र बुद्दलामा पनी अरबपती बनुन् शुभकामना छ । संगीतमा लागेर के पाईन्छ भन्ने मान्छेहरुको लागी यो एउटा आफैंमा गतीलो जवाफ पनी हो ।

6. सत्यकुरा के हो भने यो सो बाट कोही पनी प्रतीश्पर्धी पराजित हुनेछैनन् । हामी सबैले यसलाई रमाईलो र मनोरन्जनको रुपमा मात्र लींनु पर्छ अन्य अर्थबाट लीनु हुन्न ।

7. प्रतीश्पर्धीहरुको लागी नेपाल आइडल त आफ्नो सांगीतिक जीवनको एउटा शुरुवात मात्रै हो । अरुको सुपरहीट गीत गाएर चीनीनु उफ्रीनु जती सजीलो छ, अब आफ्नै गीत गाएर चीनीनु, जनता र श्रोताको मन जीत्नु कती गार्हो छ भन्नेकुरा आइडलका भाइहरुले बीस्तारै थाहा पाउने नै छन् । र ताली बजाउने यी हातहरु गाली गर्न पनी तयार भएर बसेकाछन् भन्ने कुरा आइडलका भाइहरुले बुझ्नुपर्छ ।

8. यो सो ले बीदेशी संगीतको दबदबालाई केही कम्जोर बनाउन कोशीस गरेको छ । नेपाली गीत संगीतको प्रचार प्रसार र श्रीबृद्दीमा नेपाल आइडलको आयोजना गर्ने आयोजकको योगदानलाई सम्मान गर्नुपर्छ । त्यसका लागी एपी 1 HD धन्यवादको पात्र बनेको छ । आइडलमा सहभागी सबै प्रतीयोगीलाई हार्दीक बधाई तथा शुभकामना !!!
प्राज्ञ शान्तीराम राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *