बिनोद बान्तवा र मेलिना राईको सहयात्रा अब भिडियोमा (भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ १० बैशाख-गजलकार बिनोद बान्तवा राईद्वारा लेखिएको र  अहिलेकी सर्वाधिक चर्चामा रहेकी गायिका मेलिना राईको स्वरमा सजिएको गजल “गयौ तिमी..”को भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै यो गीतले अहिले धेरै चर्चा पाइरहेको छ । भोजपुर पात्लेपानीका बिनोदले आफू द कोरियामा कार्यरत हुदा उतै बाट निकालिएको ‘सहयात्रा’ एल्बममा आफ्नो यो गजल  समाहित गरेका थिए ।  यसमा युवा  पुस्ताका चर्चित संगीतकार डीआर अटुले  मर्मस्पर्शी संगीत भरेका छन् ।

मुस्कान तामांग र किम सम राईको अभिनय रहेको भिडियोलाई लिसरा राई(कृष्टि) ले निर्देशन गरेका छन्  । संगीत संयोजन राजु कार्कीले गरेका  भिडियोलाई छायांकन डम्बर राईले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *