भारतीय प्रहरीले चलाएको गोली लागेर एक नेपालीको मृत्यु

फागुन २६ धनगढी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका ८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो। कञ्चनपुरको पुर्नवास नगरपालिका ८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको विषयलाई लिएर विवाद चर्किएपछि नेपाली र भारतीय पक्षबीच झडप हुँदा एसएसबीले गोली चलाएको थियो।

झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी निरीक्षक रामबहादुर खत्री पनि घाइते भएका छन्। आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि कल्भर्ट निर्माण गरेको थियो। तर, भारतीय सीमा सुरक्षा बल एसएसबीले कल्भर्ट निर्माण गरिएको स्थान भारतमा पर्ने भन्दै बिरोध गर्दै आएको थियो।

गुगल म्यापले कल्भर्ट निर्माण गरिएको ठाउँ भारतमा देखाएपछि भारतीय पक्ष त्यसको विरोधमा उत्रिएका थिए। कल्भर्ट निर्माण भइसकेपछि नेपालीहरुले माटो भर्न खोज्दा एसएसबीले बल प्रयोग गरेपछि दुई पक्षबीच झडप भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *