लिम्बु पत्रकार सङ्घको अध्यक्षमा देवेन्द्र सुर्केली निर्वाचित

मंसिर ६ काठमाडौ ,याक्थुङ इङ्साप्पा चुम्भो अर्थात् लिम्बु पत्रकार सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनले देबेन्द्र खापुङ (देबेन्द्र सुर्केली) को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

कार्य समितिको प्रथम उपाध्यक्षमा विजयबोध लाओती र द्वितीय उपाध्यक्षमा विष्णु सिङ्गक, महासचिवमा मिलन कुमार यङ्याङ लिम्बु, सचिवमा दिनेश सुब्बा र माला पालुङ्वा तथा कोषाध्यक्षमा भुपेन्द्र खुदाङ चयन भएका छन् ।
यसैगरी,सदस्यहरुमा क्रमशः याम माबोहाङ, सन्देस सुब्बा इङ्वाबा, एमपी सुब्बा, भगिश्वर (मनोज) लिम्बु, यानिन्द्र तिगेला, उपेन्द्र येक्तेन, सेसेहाङ लाओती, सन्तोष नेम्बाङ र भीमहाङ थाङ्देन चुनिएका छन् । सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीले चुनिएका छन् ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासविच प्रेम येक्तेनको संयोजकत्वमा गठित निर्वाचन मन्डलमा यो नयाँ कार्य समितिको चयन भएको हो । निर्वाचन मन्डलको सदस्यहरुमा अमर तुम्याहाङ, राम मादेन र सूर्य सम्बाहाम्फे रहेका थिए ।
तीन वर्ष अघि सुनसरीमा सम्पन्न लिम्बु पत्रकार सङ्घको प्रथम महाधिवेशनले पत्रकार युवराज चङ्बाङलाई निर्वाचित गरेको थियो । तर सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकै भोलिपल्ट युवराज चङ्बाङको असामयिक निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *